arrow

पक्राउ परेका नेतालाई नछाडे आक्रमण गर्ने नेता महरको चेतावनी  

logo
लोकेन्द्र विश्वकर्मा 
प्रकाशित २०७७ माघ ६ मंगलबार
Mahar.jpg

जाजरकोट । आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जाजरकोटमा विरोधसभा प्रदर्शन गरिररहेको छ ।

नेताहरुको रिहाईको माग गर्दै जाजरकोटका विभिन्न पालिकामा विप्लवका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सोमबार आयोजना गरिएको विरोधसभामा अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समिति सदस्य धनजीत महरले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

आफ्ना कार्यकर्ता रिहा नभए थप कडा आन्दोलन गर्ने र सम्बन्धित निकायका व्यक्तिमाथि आक्रमण गर्ने चेतावनी उनले दिएका छन् । ‘हामी जनताको घरदैलोमा  पुगेर प्रत्यक्ष समस्यालाई निहाल्ने प्रयत्न गर्दा हाम्रा नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ’ उनले भने, ‘विनाशर्त हाम्रा नेताहरु रिहा नभए सम्बन्धित व्यक्तिमाथि आक्रमण गर्छौ ।’ 

अहिलेको राज्य व्यवस्थाका कारण जनताले दैनिक सास्ती खेपी रहेको बेलामा जनताको हकहितको लागि आफु र आफनो पार्टी लागि परेको नेता महरको भनाई छ ।

आफनो हकअधिकार प्राप्तिका लागि देशलाई माया, आशा, भरोसा गर्ने सबै आन्दोलनमा लाग्नुपर्नेमा पनि जोड दिए । खासगरी भ्रष्टाचारीविरुद्ध निशाना ताकेर आक्रमण गर्ने विप्लव समूह हिजोआज आफ्ना कार्यकर्ता पक्राउ गर्नेलाई पनि कारबाही गर्ने भित्री योजनामा अघि बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ