arrow

अहिले ओली प्रतिगमन प्रमुख खतरा हो – बाबुराम भट्टराई 

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख खतराको रुपमा रहेको औंल्याएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गदै लेखेका छन्, ‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो । कुनै किन्तु परन्तु नगरौं ।’

उनले ‘ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरु र गहिरो ज्ञान नभएका सर्वसाधारणहरु प्रायस् तटस्थ बस्छन्  । यस्तो बेला तटस्थताले बेठीक–असत्य–अन्यायलाई मद्धत गर्छ । अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छस अरु सहायक हुन्छन् ।’ भनेका छन् । 

उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई समेत प्रहार गर्दै बढी जानेका भन्ठान्नेहरु तटस्थ बस्छन् भनी सभापति शेरबहादुर देउवालाई पनि व्यङ्ग्य गरेका हुन् । 

देउवाले संसद पुनःस्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन सकिरहेको छैन । देउवाले सर्वोच्च अदालतले संसद पुनःस्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्वीकार्य भएको बताउँदै आउँदा डा. भट्टराईले देउवामाथिसमेत शब्द प्रहार गरेका हुन् । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ भने तर्कवितर्क चललिरहेको छ । 

यसअघि बुधबार राति गरिएको ट्वीटमा भट्टराईले ‘सौताका रिसले पोइका काखमा मु... भने झैं नगरौं ! ओली जस्तै अरू नेतानिम्ति संघर्ष किन गर्ने भन्ने गल्ती नगरौं१ऐले ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रधान हो१संविधान बचे कमी सुधार्न सकिन्छसखराब नेता बदल्न सकिन्छ।सबै दल,नागरिक समाजको संयुक्त संघर्षनिम्ति ढिलो नगरौं !’ लेखेका थिए । 

यसअघि मंगलबार साँझ ट्विट गर्दै भट्टराईले सबै दल र नागरिक समाजले संयुक्त संघर्ष गर्नुपर्ने बताउनुभएको थियो । उहाँले ओली जस्तै अरू नेताका निम्ति संघर्ष किन गर्ने भन्ने गल्ती नगर्न सुझाव दिँदै ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रमुख भएको बताउनुभयो । संविधान बचे कमी सुधार्न सकिन्छ र खराब नेता बदल्न सकिने उहाँको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ