arrow

समीक्षा गरौं तर्क गरौं  कुतर्क नगरौं – डा. चन्द्र भण्डारी 

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सर्वोच्च अदालतले नै संविधानको व्याख्या गर्ने भएकाले व्याख्या पर्खन आग्रह गरेका छन् । उनले हरेक प्रश्नको जवाफ र समस्याको समाधान पनि भएकाले कुतर्क नगर्न पनि आग्रह गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा उनले आफ्नो भनाई सार्वजनिक गर्दै बुधबार बिहान लेखेका छन्, ‘संविधानको रक्षा संसद पुनःस्थापनाबाट हुन्छ या चुनाव । अहिलेको विवादको निर्णय गर्ने अधिकार संविधानले कस्लाई दिएको छ ? हरेक प्रश्नको जवाफ र समस्याको समाधान पनि छ तर साना साना कचौंरीमा बसेर नेपालीको समस्याको समाधान र मुलुकको रुपान्तरण हुन सक्दछ ? समीक्षा गरौं तर्क गरौं  कुतर्क नगरौं ।’

यसबाट डा. भण्डारीले सर्वोच्च अदालतले जस्तो व्याख्या गर्छ त्यसलाई पनि पर्खन आग्रह गरेको स्पष्टै हुन्छ । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक बन्दै संसद विघटन गरेपछि अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कि नपाउने भन्ने चर्को विवाद भइरहेको छ । 

अदालतमा विचाराधीन १३ मुद्दाको सुनुवाइ जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ