arrow

संवैधानिक इजलासमा अधिवक्तालाई बोल्न ‘टाइमर’ राखियो, एक जनाले आधा घण्टा बहस गर्न पाउने

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
Supreme-Court-judges.jpg

काठमाडौं । संसद विघटनका बिरुद्धमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

आज(बुधबार)बाटै इजलासमा बहस गर्ने अधिवक्ताका लागि समय सुरु भएको र सकिने अवस्थाबारे जानकारी दिन ‘टाइमर’ राखिएको छ । सो टाइमर ३० मिनेटमा बज्नेछ ।

रिट निवेदककातर्फबाट अधिवक्ताहरुले खुल्ला समयमा बहस गर्दै जाँदा बहस लम्बिने र मुद्दाको टुंगो लाग्न धेरै समय लाग्ने अवस्था देखिएपछि प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले अधिवक्ताहरुलाई बोल्नका लागि समय नै छुट्याएका हुन ।

बुधबारको बहस सुरु हुँदै गर्दा प्रधानन्यायाधिश राणाले अधिवक्ताहरुका लागि आधा घण्टा समय निर्धारण गरिएको जानकारी गराएा थिए ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले इजलासको सुनुवाइमा बहस गर्न लाग्दा प्रधानन्यायाधिश राणाले समय निर्धारण गरिएको बारे जानकारी दिएका थिए ।

‘आजदेखि बहसका लागि हामीले समय निर्धारण गरेका छौं, डा। साबले आधा घण्टा भित्र बहस गरेर सहयोग गरिदिनु होला,’ सुनुवाइ सुरु गर्दै गर्दा प्रधान्नयायाधिश राणाले भने । सो क्रममा वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेका थिए । 

संसद विघटनबारे परेका रिटहरुमा संवैधानिक इजलासमा सुनुवाइ जारी रहँदै आएकोमा गत आइतबारबाट नियमित रुपमा इजलासमा सुनुवाइ गर्न थालिएको हो ।

बहसमा भाग लिन तीन सय बढी अधिवक्ताहरुले नाम समेत टिपाइसकेका छन । प्रधानन्यायाधि राणाले रिटमाथिको मुद्दालाई चाँडो टुंगो लगाउन सातामा दुई दिनमात्र बस्ने संवैधानिक इजलास गत आइतबारबाट नियमित गर्दै आएका छन ।

प्रधान न्यायाधीश राणाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ