arrow

प्रधानन्यायाधिशको प्रष्टोक्ति: बाहिरबाट प्रभावित हुन्नौं 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ७ बुधबार
Supreme-court-judges1.jpg

काठमाडौं। संसद विघटन बारेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भइरहँदा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले बाहिरका भाषणबाट प्रभावित नहुने प्रष्ट पारेका छन् ।

बुधबारको बहसमा भाग लिदै रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना हुँदै हुँदैन भन्दै ठोकुवा गर्दै हिडेको भन्ने धारणा राख्दै गर्दा प्रधानन्यायाधिश राणाले उनलाई रोक्दै बाहिरका कुराबाट प्रभावित नहुने प्रष्ट पारेका हुन् । 

बुधबारको सुनुवाइको बहसमा सहभागीहरुका लागि प्रधानन्यायाधिश राणाले ३० मिनेटको समय दिएका थिए भने बहसमा आठ जना सहभागीले धारणा राखेका छन् । 

बुधबारको सुनुवाइमा अधविक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए । गत आइतबारदेखि संवैधानकि इजलासमा निरन्तर सुनुवाइ जारी छ ।

संवैधानकि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ