arrow

थप तीन सय अठारमा संक्रमण, छ जनाको मृत्यु

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा  ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्मको कोरोना संक्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् ।

बुधबार थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ