arrow

डा.बाबुरामलाई करिश्माको प्रश्न :‘अर्काको विरोध गर्नुमात्र राजनीतिक संस्कार हो ?’

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
Karishma.jpg

काठमाडौं । कुनै समय पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग सहकार्य गर्न पुगेकी नायिका करिश्मा मानन्धरले हालभने ब्यङ्ग्य गरेकी छिन ।

जनता समाजवादी पार्टीको जनसभामा सहभागी हुन आह्वान गरेको डा.भट्टराईको फेसबुक स्टाटस सेयर गर्दै उनले केही प्रश्न गरेकी छिन् ।

नायिका मानन्धरले पढेलेखेको मानिस भएर अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्ने बताउँदै लेखेकी छिन-‘अर्काको विरोध गर्नुमात्र राजनीतिक संस्कार हो ?’

‘तपाईं जस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब !’ उनले लेखेकी छिन–‘यहि हो नेपालीले पाएको गणतन्त्र !, यहि हो राजनीतिक संस्कार ?, देशको विकास कहिले हुने ?’

नेकपा माओवादीबाट फुटेपछि नयाँ शक्ति पार्टी निर्माण गर्ने क्रममा डा.भट्टराईसँग करिश्माले पनि सहकार्य गरेकी थिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ