arrow

महेश बस्नेतले भन्ने गरेको ‘साइबर सेना’लाई विप्लवको काउन्टरः जन्मियो ‘जनमुक्ति साइबर सेना'

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
mahesh-basnet.JPG

काठमाडौं । केही साताअघि देशका विभिन्न जिल्ला पुगेका नेकपाका युवा नेता महेश बस्नेतले सार्वजनिक समारोहमा आफ्ना कार्यकर्तालाई एउटा निर्देशन पटक पटक दिइरहे । उनले दिने गरेको निर्देशन भनेको- ‘सरकारविरुद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल-टोलमा साइबर सेना गठन गर्र्नुहोस ।’ बस्नेतको उक्त निर्देशन मिडियाहरुमा पनि निकै प्राथमिकतामा पर्यो ।

युवा संघ नेपालका इन्चार्जसमेत रहेका बस्नेतले साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न निर्देशन दिनुको पछाडी एउटै मात्र कारण थियो–सरकारको विरोध नहोस ।  सरकारविरुद्ध नियोजित रुपमा भ्रम फैलाएको, सामाजिक सञ्जालमा सरकारको बद्नाम गराइरहेको उनको तर्क थियो ।

जसको फलस्वरुप देशैभरी साइबर सेना परिचालन गर्नुपर्ने बस्नेतको सोचाइ थियो । तर त्यस्तो साइबर सेना विधिवत रुपमा गठन भइसकेको जानकारीमा आइसकेको छैन । साइबर सेना भनेको के हो भन्नेमै नेकपाका कार्यकर्ताहरु अलमलमा छन् । मानिसहरुको बुझाइमा इन्टरनेटमा दुईवटा पक्ष र विपक्ष एक अर्काको कम्प्युटर तथा नेटवर्कमार्फत् गरिने आक्रमणमा परिचालन हुने व्यक्ति साइबर सेना हो। विशेषत सामाजिक संजालमा जसले सरकारको विरोध गर्छ त्यसको काउन्टर जवाफ दिने व्यक्ति साइबर सेना हो भन्ने आम बुझाइ छ ।

गतबर्षको एक सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमाथि हमला हुँदा सबै अरिंगालको गोलो जस्तै खनिनुपर्ने बताएपछि  ‘अरिंगाल’ शब्द निकै चर्चित बनेको थियो । यतिबेला साइबर सेनाको चर्चा छ । वाइसीएल र युथ फोर्स भन्दापनि धेरै महत्व र चर्चा साइबर सेनाले बटुलेको छ ।

सूचना प्रविधि र साइबर कानूनका विज्ञहरु तथा कानुन ब्यवसायीहरु साइबर सेना बनाउने अभिब्यक्तिप्रति आपत्ति जनाउँदै आइरहेका छन् । कुनै दल र त्यसको भातृ संस्थाले त्यस्तो दस्ता बनाउन नहुने जनाइएको छ । विद्युतीय माध्यममार्फत् कसैलाई होच्याउने, धम्की दिने, अभिव्यक्ति स्वतन्त्रता प्रभावित गर्ने, अरुको चरित्र हत्या गर्ने, करकापमा पार्ने, त्रास र भ्रम फैलाउने कार्यलाई कानूनले निषेध गरेकाले साइबर सेनाको परिकल्पना आवश्यक नभएको कानुन व्यवसायीहरुको बुझाइ छ ।

त्यस्तै यता मिडिया, सामाजिक सञ्जाल लगायत अनेक माध्यमबाट कम्युनिष्ट आन्दोलनमाथि हमला गरेको हुनाले त्यसलाई जोगाउन, जनतामा गएको भ्रम रोक्न साइबर सेना बनाउन लागेको नेता बस्नेतले विभिन्न संचारमाध्यमहरुलाई प्रतिक्रिया दिइसकेका छन् । 

सूचना प्रविधि उपयोग गरेर कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको आरोप र सिर्जना गरिएको भ्रमको खण्डन गरेर जनतामा सही विचार लैजाने उद्देश्यले संगठित गरिएको दस्तालाई साइबर सेना भन्न खोजेको नेता बस्नेतको भनाइ थियो ।

विप्लवको काउन्टर

महेस बस्नेतको निर्देशनमा साइबर सेना परिचालन गर्ने तयारी भएकै बेला नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले छुट्टै दस्ता खडा गरेर काउन्टर जवाफ दिन खोजेको छ । ‘जनमुक्ति साइबर सेना’ को नाममा विज्ञप्ति नै जारी गरेर पार्टीविरुद्ध फैलाइएका झुठा समाचार र भ्रम हटाउन जनमुक्ति साइबर सेना गठन गरिएको जनाइएको छ ।

जनयुद्धमा घाइते भएका पूर्वजनमुक्ति सेनाको सहारा बन्न, जनयुद्धका सहिदहरुको सपना साकार बनाउन, जनयुद्धमा बेपत्ता भएकाहरुको पहिचान खोज्न, अयोग्य भनिएका जनमुक्ति सेनालाई योग्य प्रमाणित गर्न जनमुक्ति साइबर सेना गठन गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सेनाले अतिक्रमित भूमि फिर्ता ल्याउन, सीमाको रक्षा गर्न, भ्रष्टाचारीलाई जनअदालतमा उभ्याएर कारबाही गर्न, बलात्कारीलाई जनअदालतमा फाँसी दिन, मुलुकको विकास गर्न र वैदेशिक हस्तक्षेप रोक्न साइबर सेना बनाइएको दाबी गरेको छ ।

त्यसैगरी एमसीसी सम्झौता खारेज गराउन, संसदीय प्रणालीको अन्त्य गर्न, मेडिकल माफियाको अन्त्य गर्न, आफ्नो पार्टीविरुद्ध झुठा समाचार सम्प्रेषण गर्नेको पर्दाफास गर्न, पार्टीभित्र र बाहिर हुने सुराकीको अनुसन्धान गरी भौतिक कारबाही गर्न समेत जनमुक्ति साइबर सेनाको आवश्यकता र औचित्य रहेको भनिएको छ  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ