arrow

संसद विघटन बिरुद्धको रिटमा जारी सुनुवाइ सुरु

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
Supreme-court-judges1.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज(बिहीबार) पनि सुनुवाइ सुरु भएको छ ।

संवैधानिक इजलासमा भइरहेको सुनुवाइ गत आइतबारबाट नियमित गरिदैं आइएको छ । सुनुवाइमा बुधबारबाट बहस गर्ने रिट निवेदकतर्फका अधिवक्ताहरुका लागि समय नै निर्धारण गरिएको थियो । जसअनुसार एक जनाले आधा घण्टाको समय बहसका लागि प्राप्त गर्नेछन ।

अहिले रिट निवेदकको पक्षमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरिरहेका छन । बुधबार भने रिट निवेदकको पक्षमा अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ