arrow

निर्वाचन आयोगले माग्यो प्रधानमन्त्री कार्यालयसँग सातै प्रदेशका लागि सम्पर्क व्यक्ति

स्थानीय तहका लागि नाम दिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ८ बिहिबार
election-commission-nepal.jpg

काठमाडौं। १७ र २७ बैशाखका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन निर्वाचन आयोगले ७ वटै प्रदेश र ७ सय ५३ स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्न तयारी गरेको छ ।आयोगबाट निर्धारित काममा आवश्यक सहयोग र समन्वय गर्नका लागि आयोगले सातै प्रदेश र देशभरका स्थानीय तहमा एक एक जना सम्पर्क व्यक्ति तोक्ने निणर्य गर्दै त्यसका लागि तयारी अघि बढाएको हो ।

आयोगले प्रदेश स्तरको सम्पर्क व्यक्तिमा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह-सचिव वा सो सरहका एक जना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकेर आयोगमा जानकारी गराउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आग्रह गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

यसैगरी देभरका स्थानीय तहमा भने शिक्षा वा सामाजिक बिषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकेर आयोगमा जानकारी गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै आग्रह गरेको छ ।
आयोगले तोकेका सम्पर्क व्यक्तिहरुले स्थानीय स्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने र निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्ने लगायतका कार्य गर्ने छन् ।

आयोगको पत्रपछि सम्वन्धित निकायले व्यक्ति तोकेर आयोगलाई जानकारी गराउने छन् । त्यसपछि आयोगले ति व्यक्तिहरुसँग निर्वाचनका लागि आवश्यक पर्ने समन्वयको काम गर्ने छ । आयोगले स्थानीय तहदेखि केन्द्रसम्म ति व्यक्तिहरुमार्फत नै निर्वाचनका लागि आवश्यक समन्वयको काम गर्ने छ ।

आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरण समेत स्विकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ