arrow

प्रम ओलीको गृह नगरमा जसपाको शक्ति प्रदर्शन

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ ८ बिहिबार
jasapa1.JPG

झापा । जनता समाजवादी पार्टी (जसपा) नेपालले झापाको दमक स्थित प्रधानमन्त्री केपी शर्मा  ओलीको गृहनगरमा असंवैधानिक कदमको  विरुद्ध बिरोध प्रदर्शन गरेको छ।

सरकारको असंवैधानिक कदमको बिरूद्व माघ ७ गते देशका सबै जिल्लाहरुमा भैरहेको आन्दोलनको दोस्रो चरण अन्तरगतको  अन्तिम दिन बुधवार  जसपा नेपाल झापा जिल्ला समन्वय समितिको आयोजनामा झापामा बिरोध सभा गरिएको हो ।

सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य हरिदेबी राई, सूर्यनारायण गणेश र भुपेन्द्र नेम्बाङ लगायतका बक्ताहरुले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम बिरुद्व तेस्रो चरणको विरोध कार्यक्रम अझै सशक्त रुपले गर्ने बताएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष फाक्तालुंग योंगहांग र जिल्ला अध्यक्ष दिपेनबाला राईले ओलीले जनताको सार्बभौम अधिकार खोसेको भन्दै जनतासंग माफी माग्नुको विकल्प नरहेको बताए  ।

कार्यक्रममा पार्टी जिल्ला सचिब देवेन्द्र किशोर ढुंगानाले लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्ने भन्दै अदालतका न्याय मुर्ति समाजको हिस्सा भएकोले पनि बहसका क्रममा संबिधानको रक्षा गर्नुपर्ने र नेपाली जनताको मतको सुरक्षात्मक भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरेका थिए ।

अदालतले जनताको अधिकार रक्षा गर्दै  प्रतिष्ठालाई जोगाउन प्रतिगमनकारी कदम विरुद्ध सही निर्णय दिनुपर्ने धारणा राखे। दमकको पश्चिम बस स्टेण्डबाट शुरु भएको बिरोध जुलुश नाराबाजी सहित नगर परिक्रमा गर्दै गणतन्त्र चौकमा पुगि सभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ