arrow

ओलीले जनतामाझ दिएको गफ पुरा गर्न नसकेर संसद विघटन गरे : प्रकाशमान

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
Prakashman-Singh.jpg

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले गत निर्वाचनमा प्रधानमन्त्री बन्नका लागि जनतामाझ दिएको गफ पुरा गर्न नसकेर संसद विघटन गरेको बताएका छन ।

पार्टीले संसद विघटनको विरोधमा घोषणा गरेको दोस्रो चरणको कार्यक्रम अन्तर्गतको अन्तिम विरोध प्रदर्शनको सभालाई काठमाडौं १९ अन्तर्गत माइतीघर मण्डलामा सम्बोधन गर्दै सिंहले प्रधानमन्त्री बन्दा दिएको गफ पुरा गर्न नसकेर ओलीले संसद विघटन गरेको बताए ।

‘ओलीले गत निर्वाचनमा प्रधानमन्त्री बन्नकै लागि धेरै गफ दिए, अहिले केही पनि पुरा गर्न नसकेर त्यसको रिस संसदमा पोखे र संसद नै भंग गरे, उनले आफ्ना आसेपासेलाई मात्रै पोसे, देशलाई केही दिन सकेनन,’ कांग्रेस नेता सिंहले भने ।

उनले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदा स्थिरता दिने र आम जनताको जीवनलाई सुखमय पार्ने प्रतिवद्धता गरेपनि गफमा मात्रै सिमित भएको बताए ।

प्रधानमन्त्रीलाई वर्तमान संविधानले कानुन अनुसार राज्य संचालन गर्ने मात्रै अधिकार दिएको तर संसद विघटनको अधिकार नदिएको भन्दै असंवैधानिक रुपमा ओलीले संसद विघटन गरेको उनको दाबी छ ।



नयाँ