arrow

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई पठाए १०लाख डोज कोभिड-१९ खोप

यसरी भित्रियो भारतबाट उपहारमा प्राप्त कोभिड-१९ खोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ८ बिहिबार
10-lakh-covid-vaccine-india.jpg

काठमाडौं। भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरुको तत्काल आवश्यकताको लागि बिहिवार नेपाललाई भारतमा उत्पादित १० लाख कोभिड–१९ खोप उपहारस्वरुप प्रदान गरेको छ । उक्त खोप नेपाल सरकारको आग्रहमा भारतले उपलब्ध गराएको हो । यही माघ २ गते भारतको नयाँ दिल्लीमा दुई राष्ट्रका परराष्ट्रमन्त्रीको अध्यक्षतामा सम्पन्न नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा यस सहकार्यबारे पनि छलफल भएको थियो ।

उक्त खोप बिहिवार बिहान विमानस्थलमा आए लगत्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र राजदूत विनय मोहन क्वात्राले ग्रहण गरेका थिए। राजदूत क्वात्राले खोपको आगमनले कोभिड–१९ को अन्त्यको सुरुवात हुने आशा व्यक्त गर्दै भाइरसलाई परास्त गर्न नेपालका जनताले चालेका प्रयासमा भारत कटिबद्घ रहेको कुरा दोहोर्‍याएका थिए। स्वास्थ्य मन्त्रीले दुवै देशमा एक साथै खोप वितरण गर्नका लागि नेपालमा पनि समयमै उपलब्ध गराइएको बताए।

बिहिवार दिउँसो प्रधानमन्त्री कार्यलयमा आयोजित एक समारोहमा राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको खोपको १० लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपमा हस्तान्तरण गरे। सो खोप भारतका जनताले नेपालका जनतालाई उपहार स्वरुप उपलब्ध गराएको बताउदै राजदूत क्वात्राले नेपालले अघि सारेको खोप अभियानका लागि शुभकामना व्यक्त गरे।

सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप अनुदान स्वरुप उपलब्ध गराएकोमा भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यस्ता उपहार सधैं विशेष हुने र संकटको घडीमा उपहारको रुपमा खोप उपलब्ध गराउनुले पनि यसको थप महत्व रहेको बताए।

यस अघि भारतले खोप वितरण, खोप सम्बन्धि प्रशासनिक एवम् संचालनका पक्ष, कोल्ड चेन र सम्पर्क तथा तथ्यांक व्यवस्थापनका लागि मानव संसाधन तालिम दिएको थियो । नेपालमा यस्ता खोपको निशुल्क वितरणले महामारी विरुद्ध मानवताको लडाईलाई सघाउ पुर्‍याउन भारतको खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्ने सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदिको प्रतिबद्धतालाई पूर्णता दिएको छ ।

छिमेकी पहिलो’ नीति अनुरुप भारतले नेपाललाई उक्त सहयोग अघि बढाएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। महामारीको सुरु भए यता भारतले नेपाललाई हाइड्रोक्लोरोक्वीन, आरटी पीसीआर परीक्षण किट, आइसीयु भेन्टिलेटर, रेमडेसिभिर औषधी र एम्बुलेन्स उपलब्ध गराई निरन्तर सहयोग गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ