arrow

'देश सङ्कटतर्फ धकेलिएको छ'

विधिसँग अघि बढौँभन्दा पदलोभी भने

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
madhav-kumar-nepal-.jpg

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि  देश सङ्कटतर्फ धकेलिएको बताएका छन् ।  “देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ”, अध्यक्ष नेपालले भने, “यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।”

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गरे।

उनले कर्णाली जाग्दा देश नै जाग्ने बताए।  मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाए ।

पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उनले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाए । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ