arrow

'ओली कम्युनिष्ट पार्टीका भगौडा'

प्रधानमन्त्रीहरुलाई संविधान बाहिर गएर कदम चाल्ने हक छैन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
jhala-nath-khanal-protest-2021.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गर्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले ओलीलाई कम्युनिष्ट पार्टीका भगौडा भएको समेत बताएका छन् । नेता खनालले भने,'केपी ओलीलाई पार्टीबाट हामीले निष्कासन गरेका छौं। अब उहाँ कमरेड रहनुभएन, ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्। पार्टीमा सानो गुट चलाएर पार्टीकै निर्णयलाई लत्याए ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कदम संविधान विपरित भएका कारण सर्वोच्चले संसद पुनर्स्थापना गर्ने उनले बताएका हुन् । कार्यक्रमलाई सम्बोधनगर्दै नेता खनालले भने, 'हामी सर्वोच्चलाई सम्मान गर्छौ, आमजनताले सम्मान गरेको सर्वोच्च अदालत हो, त्यो सर्वोच्चले संसद पुनस्थापना गर्छ । हामीसँग अरु विकल्प छैन ।'

यसबाहेक उनले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका छन् । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुलाई संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ