arrow

प्रचण्डले भने- 'जनताको सरकार छिट्टै बन्नेवाला छ'

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
prachanda-protest-2021.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सरकार छिट्टै बन्ने बताएका छन् ।  प्रचण्ड-नेपाल समुहद्वारा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै कर्मचारीहरुलाई ढुक्क भएर अघि बढ्न आग्रह गरे । अध्यक्ष दाहालले भने, 'कर्मचारी साथीहरु ढुक्क भएर अघि बढ्नुस, तपाइहरुको कसैले रौं पनि हल्लाउन सक्दै। हामी हिसाबराख्ने छौं , जनताको सरकार छिट्टै बन्नेवाला छ ।'

प्रधानमन्त्री केपी शर्मा ओली ले संसद मात्र विघटन नगरेर शान्तीप्रकृया समेत विघटन गर्न चाहेको अध्यक्ष दाहालले बताएका छन् । संविधान, गणतन्त्र र संघियतालाई समेत विघटन गर्ने बाटोमा ओली अघि बढेको भन्दै परिवर्तन जनताको बलले आएकाले जनताकै बलले नै प्रतिगमनलाई पररास्त गरिने उनले बताए ।

 प्रचण्डले ओलीलाई तह लगाउँन नसकिएको बताए। तीन वर्षमा केपीलाई तह लगाउन नसकेको गुनोसो गरेका हुन् । सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, 'जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं, राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुरा गर्न सकेनौं ।'

उनले अघि थपे, 'हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।' सत्ताका लागि जे पनि गर्ने प्रवृति ओलीमा भएको अध्यक्ष दाहालले बताए । उनले भने,'ओलीले सत्ताका लागि जे पनि सहमति गर्ने र सत्तामा पुगेपछि सहमति नमान्ने प्रवृति देखाएर हैरान बनाए ।'

यसबाहेक अध्यक्ष दाहालले ओलीविरुद्ध सुरुमै संघर्ष गरेको भए आजको दिन नआउन सक्ने संकेत समेत गरेका छन् । ओलीले आफुहरुको उदारतलाई कमजोरी ठानेपछि जनता सामु आउन बाध्य भएको उनले बताएका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने, 'त्यतिबेलै संघर्ष गरेको भए बेलैमा नांगिन्थे कि भन्ने फर्केर हेर्दा लाग्छ । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ