arrow

शुक्रबार घटे संक्रमित, थप सातको मृत्यु

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । देशभर शुक्रबार बिहीबारभन्दा १७८ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ संक्रमित हुँदा ४८०  संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम भएको छ ।

शुक्रबार थपिएका संक्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त भएका ४८० समेत गरी शुक्रबारसम्म दुई लाख ६३ हजार ३४८ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव दुई प्रतिशत छ । योसँगै जम्मा संक्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार ११२ संक्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय संक्रमित रहेका छन् ।  

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी तीन हजार ५४५ नमूना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव दुई प्रतिशत छ ।

सक्रिय संक्रमितमध्ये हाल ८७९ होम आइसोलेसनमा छन् ।  प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा १०, प्रदेश २ मा एक, वाग्मती प्रदेश ६१२, गण्डकी प्रदेश २४, लुम्बिनी प्रदेश १६६, कणार्ली प्रदेश तीन र सुदुरपश्चिम प्रदेशमा ६३ रहेको छ ।

देशभरमा गरी शुक्रबार १५४ संक्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा दुई, वाग्मती प्रदेशमा ५३, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा दुई संक्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, वाग्मती प्रदेशमा १९, गण्डकी प्रदेश सात र र लुम्बिनी प्रदेशमा पाँच गरी जम्मा ३१ संक्रमित भेण्टिलेटरमा रहेका छन् ।

 चार जिल्लामा  शून्य
देशभरका ७७ जिल्लामध्ये काठमाडौँ जिल्लामा संक्रमित ५०० बढी छन् भने चार जिल्लामा शून्य रहेको छ । हाल सक्रिय संक्रमित नभएका जिल्लामा भोजपुर, कालिकोट, रुकुम (पश्चिम) र मुगु रहेका छन् ।   

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सातको मृत्यु भएसँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ९८६ पुगेको छ । जम्मा संक्रमितमध्ये  मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ६७९ दशमलव पाँच छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ