arrow

फरार अभियुक्त कालिबहादुर खामको विषयमा ओली र दाहालबीच जुहारी

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
kp-oli-prachanda.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश र सुदुरपश्चिमको भेलामा प्रहरीको नजरमा फरार रहेका पूर्व माओवादीका व्रिगेडियर कमाण्डर कालिबहादुर खामको चर्चा गरे । गृहमन्त्री रामबहादुर थापालाई अगाडी राखेर यतिबेला म कालिबहादुर खामहरुलाई सम्झिरहेको छु भनेका थिए । त्यसपछि गृहमन्त्री थापाकै साथ लागेर वालुवाटार छिरेका खामलाई प्रधानमन्त्रीले केन्द्रीय सदस्य बनाउने र प्रहरीमा भएको मुद्धा फिर्ता गर्ने आश्वासन दिएको स्रोतको दावी छ । त्यतिबेलाको भेटपछि खामले द्धन्दपीडित र माओवादी जनयुद्धमा घाइते तथा अपांगता भएका नागरिकलाई सरकारले राहत दिन सके यो सरकारप्रति पूर्व माओवादीहरु आकर्षित हुने बताएका थिए । त्यसमा प्रधानमन्त्री र गृहमन्त्री समेत सहमत रहेका छन् । त्यसको लगत्तै खाम कोहलपुरको एक कार्यक्रममा देखिएका थिए ।

अहिले खाम र धनबहादुर मास्कीले पूर्व माओवादीका नेता कार्यकर्ताहरुलाई ओली समूहमा लाग्न र रामबहादुर थापा वादललाई सहयोग गर्न लागिरहेका छन्। यो थाह पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक कार्यक्रमहरुका खामको नाम लिन थालेका छन् । एकप्रकारले भन्ने हो भने गुमनाम रहेका खाम यतिबेला सत्ता पक्ष र सत्ताइतरका नेताहरुको आँखामा परेका छन् । माओवादीका जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खामलाई प्रहरी वृत्तमा भगौडा र फरार सूचीमा रहेका एक अपराधी हुन तर गृहमन्त्रीसँगै वालुवाटारमा प्रवेश पाएपछि भने उनी अहिले सार्वजनिक हुन थालेको कोहलपुरको एक कार्यक्रममा उनी देखिएपछि पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य कस्दै खोई कहाँ छन् कालीबहादुर खामहरू? संरक्षण गरेका छन् ? भनेर टिप्पणी गरेका थिए। त्यसको जवाफ दिँदै शुक्रबार राजधानीमा भएको आम सभामा प्रचण्डले ‘उसको मुद्दा मिलाउनका निम्ति मैले काम गरिरहेकै थिए' भनेर सान्त्वना दिन खोजेको जस्तो देखिएको बताए । तर उनले खामलाई आफूले नै हुर्काएको हुनाले आमको दूध चुसेर भएन बाबुको घुडो चुस्ता झन केही नहुने भन्दै ओलीतिर नजानसमेत संकेत गरेका थिए । ‘जसलाई मैले १० बर्षसम्म स्कुलिङ गराएर युद्धमा कमान्डर बनाएँ अब तिनको रक्षा ओलीले गर्ने अरे। सुन्दै अचम्म लाग्छ। आमाको दूध चुसाएर भएन बाउको घुँडो चुस्दा के रस आउला र ?’ प्रचण्डले भने । 

प्रचण्डले ओली पक्षले भनेको साइबर सेनालाई ‘साइबर स्यालहरू’को संज्ञा दिए । ओली अहिले एक नम्बरमा आफूलाई सिध्याउने खेलमा लागेको बताएका उनले भने,‘केही पूर्वमाओवादीहरुले खरानी घसेको देखेर म त छक्क परेको छु । ति भगौडा अहिले ओलीतिर छन् । ओली अहिले एक नम्बरमा प्रचण्डलाई सिध्याउने खेलमा छन् ।’ ओलीको कदम सदर भयो भने शान्ति प्रक्रिया भंग हुने प्रचण्डले चेतावनी दिए । उता रामबहादुर थापा भने पूर्व माओवादी कमाण्डहरुलाई ओली पक्षमा भित्राएर आफू नेता हुने दाउपेचमा लागिरहेका बेला खामको विषयलाई लिएर ओली र प्रचण्डको दोहोरी नै शूरु भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ