- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरेको आशंकामा खोजी कार्य अघि बढाइएको छ ।
अन्दाजी ४५ वर्षीय पुरुषलाई अमलेखगञ्जबाट करिब १ किलोमिटर दक्षिण तर्फको जंगलबाट बाघले आक्रमण गरेको एक महिलाले जानकारी गराएपछी प्रहरी र निकुन्जको रेन्जर सहितको टोलीले हात्ती मार्फत खोजतलास गरिएको बारास्थित अमलेखगञ्ज प्रहरीले जनाएको छ ।
सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न नजिकैको जंगल पसेको र केहीबेरमा ठूलो आवाजमा चिच्याएको र उनी नफ़र्किएपछि बाघले लगेको आशंकामा महिलाले प्रहरीमा खबर गरेको बताइएको छ ।
‘एक जना महिलाले जानकारी गराउनु भयो, उहाँले भन्नुभएकै आधारमा हामीले हात्ती मार्फत एक चरण सबै खोजतलास गरिसक्यौं केही भेटिएन’, टोलीमा खटिएका प्रहरी इन्चार्ज सागर रानाले बताए । निकुञ्जले चारवटा हात्तीको प्रयोग गरि खोजी गरेको थियो ।