arrow

विवेकशील साझा पार्टी इलामको संयोजकमा प्रेम आचार्य

logo
प्रकाशित २०७७ माघ १० शनिबार
Premachrya.jpg

काठमाडौं । युवा ब्यवसायी प्रेम प्रसाद आचार्य विवेकशील साझा पार्टी इलामको संयोजकमा चयन भएका छन् ।

पार्टीका केन्द्रिय संयोजक मिलन पाण्डेसहितको टोलीले शनिबार इलाममा आयोजित एक कार्यक्रमबीच आचार्यको संयोजकत्वमा इलाम जिल्ला कमिटी गठन हो ।

संयोजकमा चयन भएपछि आचार्यले सामाजिक संजालमार्फत सुसंस्कृत राजनीति, कल्याणकारी लोकतन्त्र, समतामुलक समृद्धिलाई संस्थागत गर्ने बिबेकशिल साझा पार्टीको निर्देश बमोजिम पद्धति, पारदर्शिता, इमानदारीता, उत्कृष्टता मार्फत मातृभुमिको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले लेखेका छनः यस जिम्मेवारीलाई अवसर र चुनौतीको रुपमा स्वीकार गर्दै पार्टी सिद्धान्तमा रहि राष्ट्र सेवामा समर्पित हुनेछु ।’ आचार्य घरेलु सामाग्री उत्पादन तथा प्रवद्र्धन, होटल ब्यवसाय तथा पर्यटन क्षेत्रमा सक्रिय छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ