arrow

बेन्जिमाको दुई गोलमा रियलको शानदार जित 

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
karim-benzima.jpg

काठमाडौं । करिम बेन्जिमाको दुई गोलको मद्धतले स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियालले डेपोर्टिभो अलाभेसलाई ४–१ गोल अन्तरले हरायो । 

रियाललाई बेन्जिमाले दुई तथा को दुई गोलसंगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे । घरेलु टोली अलाभेसका लागि जोसिलोले एक गोल फर्काए ।

अन्य खेलको नतिजा 
हुएस्का ०–० भिल्लारियल
सेभिया ३–० काडिज
रियाल सोसिडाड–२–२ रियाल बेटिस

अंक तालिका
१७ खेलबाट ४४ अंकसहित एथलेटिको मड्रिड शीर्ष स्थानमा छ । दुई खेल बढी खेलेको रियाल मड्रिडको ४० अंक भएको छ । तेस्रो स्थानको सेभियाको १९ खेलबाट ३६ अंक छ । १८ खेलबाट ३४ अंकको बार्सिलोना चौथो स्थानमा छ । पाँचौं भिल्लारियलको २० खेलबाट ३४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ