arrow

मौसम चिसो, यस्तो छ मुलुकको अवस्था

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल काठमाडौं उपत्यका र तराई भेगमा हुस्सु रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताएका छन् । देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो  देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक –दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशको सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक –दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

काठमाडौं उपत्यकाको आइतबार बिहानको तापक्रम ४.५ डिग्री सेल्सियस रहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार आइतबारको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस मात्र हुनेछ । 

शनिबार जुम्लाको तापक्रम सबैभन्दा कम माइनस २.५ तथा जनकपुरको तापक्रम ० डिग्री सेल्सियस रहेको थियो । सबैभन्दा बढी दिपायलको २४.३ डिग्री सेल्सियस रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ