arrow

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन – डा.शेखर कोइराला 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७७ माघ ११ आइतबार
dr-shekhar-koirala.jpg

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक हो भन्नेमा नेपाली कांग्रेसभित्र कुनै विवाद नरहेको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । उनले ओलीको संसद विघटनको  कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने अडान लिएका छन् । 

शनिबार सुदूरपश्चिमको कञ्चनपुर पुगेका नेता डा. कोइरालाले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । ओलीले बैशाखमा चुनाव गराउन अथवा माधवकुमार नेपाल र प्रचण्डलाई तह लगाउन संसद विघटन गरेकै हैनन् भन्ने कोइरालाको दाबी छ । 

उनले भने, ‘संसद विघटनको निर्णय अराजनीतिक र असंवैधानिक भएको र संसद पुनर्स्थापनाको विकल्प छैन ।’ कोइरालाले अबका दिनमा पार्टीभित्रका कुनै पनि इमानदार र निष्ठावान कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ