arrow

ओबीसीको विकास बिना प्रदेश २ समृद्ध हुँदैन – मन्त्री साह

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७७ माघ ११ आइतबार
obc-pichada-barga.jpg

जनकपुरधाम । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पिछडा वर्ग ओबीसीको विकास बिना यो प्रदेश समृद्ध नहुने बताएका छन् । पिछडावर्ग ओबीसी महासभालाई शनिबार सम्बोधन गर्दै उनले ओबीसीको विकास बिना प्रदेश २ मा कुनै काम गर्न सम्भव नहुने बताए । 

उनले भने, ‘हाम्रो मुलुकमा विभिन्न किसिमको आन्दोलन भएको छ तर जनताको अनुभव भइराखेकेको छैन ।’ प्रदेश २ मा ओबीसीकै सरकार रहेको बताउँदै मन्त्री साहले भने, ‘संविधानमा हाम्रो हक छ तर सिस्टममा गएको छैन ।’

ओबीसीलाई अधिकार दिन मूलधारमा ल्याउँदा राम्रो हुने उनको भनाइ छ । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवहा  ले भने, ‘ओबीसी २२ वर्षदेखि संघर्ष गर्दै आएको छ अहिलेसम्म उपलब्धि पाउन सकेको छैन । दुःख लाग्छ ।’

सविधानमा पाँच वटा धारामा ओबीसीको चर्चा रहेको र ओबीसीका विचार धेरै राम्रो रहेको उनले बताए । पिछडा वर्ग प्रतिष्ठानको पनि व्यवस्था गर्नु पर्नेमा मन्त्री कुशवहाले सल्लाह दिए । 

प्रदेश २ का प्रदेश सभाकी सदस्य निरा साहले जनगणनाको आधारमा जबसम्म हाम्रो संगठन हुँदैन तबसम्म हामीहरुको माग पूरा नहुने बताए ।

आयोजक पिछडावर्ग महासभा केन्द्रीय कार्यसमिति  राष्ट्रिय अध्यक्ष राजकुमार महतोले  मेचीदेखि महाकालीसम्म ओबीसीको टिम बनाएको र २१ वटा  जिल्ला समितिसमेत बनाएको बताए । उनले आउने दिनमा प्रदेश सरकारबाट सहयोग हुने आशा राखेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ