arrow

तयारीमा जुटे निर्वाचन कार्यालयहरु

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
election-commission-nepal.jpg

काठमाडौं । सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ ।  कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिए ।

विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा  जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उनले बताए ।

कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका विभिन्न वडामा रहेको मतदानस्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमनपश्चात् सुझावअनुसार मतदानस्थल परिर्वतन वा थप घट गर्ने विषयमा निणर्य हुने  कार्यालय प्रमुख धमलाले जानकारी दिए ।  

निर्वाचनको घोषण गरेसँगै गतपुस ५ गतेदेखि तस्वीरसहितको मतदाता नामावली थप गर्न रोक लगाएपछि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा  कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ ।

उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याएन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।

कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिकाबाट पाँचौँ तहका कर्मचारी र दुई नगरपालिकाबाट छटौँ तहका कर्मचारीमध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ । छनोट भएका निर्वाचन सम्पर्क व्यक्तिलाई कार्यालयले आज १ दिनको प्रशिक्षण आयोजना समेत गरेको छ । स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिलाई तालीम दिइसकेपछि प्रत्येक स्थानीय तहमा खटाउने तयारी भइरहेको छ ।

 १० हजार मतदाता वृद्धि
डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी मतदाताको सङ्ख्या ७५ हजार ७८० थियो । आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्गअनुसार यस वर्ष पुससम्म मतदाताको सङ्ख्या ८६ हजार १०१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार ३५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार ७४२ पुगेको छ ।  विसं २०७४ पछि तीन वर्षको अवधिमा १० हजार ३२१ ले मतदाता बढेको जिल्लामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

निर्वाचन आयोगले यही माघ १५ गतेदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली आद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्देशनअनुसार जिल्लामा पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ ।

तस्वीरसहितको मतदाता नामावली सङ्कलन
डोटी जिल्लामा तस्वीरसहितको मतदाता नामावली सङ्कलन शुरुआत भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।  जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौँ, निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ ।”

आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत उनले जानकारी दिए । कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कूल ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी कूल एक लाख छ हजार ५४३ मतदाता रहेका थिए । उक्त निर्वाचनमा सङ्घीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो भने समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  कार्यालयका अनुसार जिल्लामा अहिले कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समयसमेत तोकेको छ । जिल्लाका कूल महिला ६२ हजार ३४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको छ । उक्त अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने कार्यालय प्रमुख मलासीले जानकारी दिए ।

 जिल्लामा आठ वटा मतदान केन्द्र बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानमा कूल १५७ मतदान केन्द्र रहेका थिए । अहिले मतदाता सङ्ख्या बढेकाले १६४ वा १६५ सम्म हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।  दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नुपर्ने अवस्था रहेको  कार्यालय प्रमुख मलासीले बताए ।

उनले भने, “सिलगढीमा रहेको शैलेश्वरी विद्यालय अर्को विद्यालयमा  गाभिइसकेको हुँदा त्यहाँबाट केन्द्र सार्नुपर्ने देखिन्छ ।  बडिकेदारको डिकेवनमा रहेको वडा कार्यालयमा आगजनी भएपछि भवन नभएका कारण मतदान केन्द्र सानुपर्ने अवस्था आएको छ ।” मतदान स्थलहरु थप्नु पर्ने जनाउँदै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने भएकाले तत्काल थप्नका लागि निकै गृहकार्य गर्नु उनको भनाइ छ ।

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय तयारीमा  
फुङ्लिङ–जिल्ला निर्वाचन कार्यालय तापलेजुङले मतदाता नामावली अद्यावधिक, दाबी विरोध र संसशोधनसहितका कार्यक्रम शुरुआत गरेका छ । स्थानीय तहको केन्द्रलाई आधार मानी गत पुस ५ गतेसम्म दर्ता भएका  मतदाताको नामावली  अद्यावधिक गरिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ