- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको आइतबारको सुनुवाइमा न्यायाधीश सपना प्रधान मल्लले ओलीको पक्षमा देखिने गरी बहस गरेकी छन् ।
न्यायाधीश मल्लले संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत कहाँ देखियो भन्दै प्रशन गरेकी हुन् ।
नेकपा संसदीय दलका नेता देवप्रसाद गुरुङसमेतको रिटको पक्षमा बहस गर्न आएका अधिवक्ता मेघराज पोखरेललाई न्यायाधीश मल्लले प्रश्न गरेकी हुन् ।
अधिवक्ता पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समेत प्रश्न गरेका थिए । प्रधानन्यायाधीश जबराले धारा ७६ (१) को सरकार कसरी संसद मातहत रहन्छ भन्दै प्रश्न गरेका हुन् ।
‘ प्रधानमन्त्रीले सरकार पनि चलाउन सकेन, दलले साथ दिएन, विश्वास पनि भएन बाध्यताका कारण मैले संसद विघटन गर्नुको विकल्प देखिन भन्नुभएको छ, बदनियतको प्रश्न आइरहेको छ । यसमा बदनियत कहाँनिर देखियो ?’ न्यायाधीश मल्लको प्रश्न थियो ।