arrow

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी : प्रधानमन्त्री

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
KP_new.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् । 

आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताए । 

संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको भनाई छ ।

आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताए । 

शारीरीक रुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता गरे ।

ओलीले शारिरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गरे । देश विकासमा शारिरिक रुपमा अपाङ्गता भएकाहरुले पनि योगदान दिनसक्ने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ