arrow

'संसद विघटनमा ओली मात्रै होइन, प्रचण्ड-माधव पनि उत्तिकै दोषी'

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ ११ आइतबार
shekhar-koirala7.jpg

कञ्चनपुर । संसद विघटनको घटनामा प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभइ प्रचण्ड-माधव पनि उत्तिकै दोषी रहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले बेलौरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै कांग्रेसका प्रभावशाली नेता कोइरालाले भने, 'बदनियत पुर्ण तरिकाले गरिएको संसद विघटनको कदम षड्यन्त्र हो यसलाई सच्याउन पर्छ, यहि कांग्रेसको ठहर हो ।'

नेता कोइरालाले भने, 'प्रधानमन्त्री ओलीको कदमलाई नै अदालतले सदर गर्‍यो भने ०७८ बैशाख १७ को निर्वाचन तोकिएको मितिमै गराउन दवाव दिन पर्छ। ' यदि कथम कदाचित बैशाख १७ मा निर्वाचन भएन भने नेपाल फेरि अर्को द्वन्दमा फस्छ कि भन्ने चिन्ता रहन्छ ।'

सुदूर पश्चिमको कञ्चनपुर पुगेका कांग्रेस केन्द्रीय सदस्य एवं नेता कोइरालाले भने- कम्युनिष्टसँग सहकार्य गरेर होइन कांग्रेसले आफ्नै खुट्टामा उभिएर संविधान , लोकतन्त्र र राष्ट्रियताको हिफाजत गर्न उभिँनु पर्छ ।'  कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,'संसद विघटनपछि देशमा देखिएको वर्तमान संकटको बेला सभापति , वरिष्ठ नेता बिच कुनै मतान्तर छैन । तपाईंहरु स्पष्ट हुनुहोस तर केही अलमल भने पक्कै छ ।'

पार्टीको आन्तरिक संरचना निर्माण सुदृढ पार्न स्थानीय तहमा ६० प्रतिशत , प्रादेशिकमा ५० र केन्द्रीय तहमा ४० प्रतिशत युवाहरुलाई समेट्नु पर्छ यसो भयो भने पाकाहरुले नीति निर्माण गर्ने र युवाहरुले तल्लो तहसम्म त्यसलाई कार्यान्वयन गर्दा संगठन बलियो बन्न जान्छ ।

नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायको सभापतित्वमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डेय , पुर्व मन्त्री अमरसिंह पुन , पुर्व साँसद दिवानसिंह बिष्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ