arrow

बार्सिलोना तेस्रो स्थानमा 

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
barcelona-elche.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा पुग्न सफल भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई पराजित गर्दै तेस्रो स्थानमा पुगेको हो । बार्सिलोनाले खेल २–० गोल अन्तरले जितेको हो । 

एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । ३९ औं मिनेटमा जोङले तथा  ८९ औं मिनेटमा रिकार्डले गोल गरेका हुन् । 

अन्य खेलको नतिजा 
ओसासुना ३–१ ग्रानाडा
सेल्टाभिगो १–१ आइबर
एथलेटिको मड्रिड ३–१ बायर्न म्युनिख

अंक तालिका
१८ खेलबाट ४७ अंकसहित एथलेटिको मड्रिड शीर्ष स्थानमा रहेको छ । १९ खेलबाट रियाल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा छ । 

बार्सिलोना १९ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा पुगेको छ । १९ खेलबाटै ३६ अंकसहित सेभिया चौथो स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ