arrow

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १२ सोमबार
tractor1.JPG

जनकपुरधाम । धनुषामा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर १ ठाढी प्रहरी चौकी नजिकै सोमबार साढे ११ बजे ना १ त ७५८० ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदेह नगरपालिका वडा नम्बर ३ गोबराही बस्ने ३० वर्षिय विनोद महरा रहेको सीमा प्रहरीचौकी दुहवीका सई हिलम कुमार सिंहले जानकारी दिएका छन् ।

सिंहका अनुसार सोमबार विहान साढे ११ बजे माटोलिन विदेहनगरपालिकाको ठाढीबाट दुहबी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

ट्याक्टर पल्टिदा स्टेरिंगले च्यापिएर चालक महराको घटनास्थलमै मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ