arrow

प्रहरी दमनपछि पत्रकार वाग्लेले भने : अब तेस्रो जनआन्दोलन शुरु भयो

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
naryan_wagle.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेका नागरिक अगुवाहरुको कार्यक्रममा प्रहरीले दमन गरेपछि तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनका क्रममा सोमबार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले एक्कासी दमन गरेको वरिष्ठ पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको जनाउ दिएका हुन ।

उनले भने ‘हामी माथि बिना सूचना बर्बर दमन भयो, मेरो आफ्नै कुरा गर्ने हो भने अब तेस्रो जनआन्दोलन सुरु भयो ।’ उनले यति भनिसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारा लगाइएको थियो । 

वाग्लेले भने, ‘हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरी जिताएको सेवकले नै हामीमाथि बर्बर दमन गर्‍यो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं भनेका थियौँ । तर, बर्बर दमन गरियो । अब साथीहरु तेस्रो जनआन्दोलन सुरु भयो ।’

प्रदर्शनका क्रममा प्रहरीले व्यापक लाठीचार्ज, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएको थियो ।

सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।

हाते साङ्लो बनाएर भाटभटेनी चोक पार गर्दै बालुवाटारतिर अगाडि बढिरहेका नारायण वाग्ले, युग पाठक लगायतलाई प्रारम्भमा प्रहरीले लाठी प्रहार भएको थियो । 

लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौं अभियन्ता घाइते भएको बताइएको छ ।

कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गर्नुपरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ