arrow

झलनाथको क्षेत्रमा नेकपालाई झट्का, १७५ जनाले पार्टी परित्याग गरे

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
dambar.jpg

काठमाडौं । इलाममा १७५ जना नेकपा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रका नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।

सोमबार नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा इलाम नगरपालिका–१० मा ३७ घरका १५० जना र सूर्योदयन गरपालिकाका २५ जना गरी १७५ जना कांग्रेसमा प्रवेश गरेका हुन ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा इलामका हेमन्त राई, कृष्ण राई, इच्छाबहादुर राई, सूर्योदयका विनोद कट्टेल, धर्मराज रसाइली लगायत कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका प्रभावशाली युवा नेता डम्बर खड्काको प्रमुख आतित्थतामा भएको कार्यक्रममा खड्काले नवप्रवेशीलाई खादा ओढाएर स्वागत गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई जिताएर पठाउँदा समेत इलामले केही नपाएको बताउँदै नवप्रवेशीहरूले अब कांग्रेसबाट मात्रै आशा बाँकी रहेको बताए । कम्युनिष्टहरुमा पदको लोभ, विवाद र झगडा गरेर गाउँ विकासमा समय नदिएको नवप्रवेशीहरुले धारणा राखेका थिए ।

युवा नेता खड्काले सम्पूर्ण नवआगन्तुकलाई स्वागत गर्दै इलामको दुःखसुखमा हरपल साथ दिने बताए । कम्युनिस्टहरूले चुनावका बेला मात्रै ठूल्ठूला कुरा गर्ने र सरकारमा पुगेपछि केही काम नगरेर जनतालाई धोका दिएको नेता खड्काले बताए ।

 ‘कांग्रेस बोलेको कुरा गर्छ, नगर्ने कुरा कांग्रेसले बोल्दैन,’ नेता खड्काले भने, ‘कांग्रेसले बेइमानी गर्नु, भ्रष्टाचार गर्नु, जनतालाई धोका दिनु सिकेको छैन ।’ कार्यक्रममा भिष्म प्रधानले पनि धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ