- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएका नागरिक अगुवामाथि भएको प्रहरी दमनको घोर भत्र्सना गरिएको छ ।
बृहत नागरिक आन्दोलनका तर्फबाट सोमबार साँझ युग पाठकले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण भेला र मार्चमा प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर भएको उल्लेख छ ।
‘निहत्था नागरिकहरुले शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक हक उपयोग गर्दै विधि र पद्धती कायम गर्न माग गरेका थिए, ओली समेतको संलग्नतामा लेखिएको संविधानको मर्म सम्झाउन प्रयत्न गरेका थिए, र हरण गर्न खोजिएको लोकतन्त्रको सम्बद्र्धनका लागि शान्तपूर्ण आब्हान गरेका थिए । नागरिकले गरेको शालिन र शान्तिपूर्ण प्रहरीले नै बलजफ्ती मुठभेटमा परिणत गरेको थियो’,विज्ञप्तिमा भनिएको छ, ‘यस सरकारी रबैयाको बृहत नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ । यसै विज्ञप्तिमार्फत सबैखाले राजनीतिक एवम सांस्कृतिक प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन तेस्रो जन आन्दोलनको घोषणा गर्दछ ।’
सोमबारको कार्यक्रममा प्रहरीको लाठी प्रहार र पानीको फोहोराबाट संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक नरेश भट्टराई लगायतको काठमाडौं मोडेल अस्पताल, हेल्पिङ्ग ह्यान्डस र हिमाल अस्पतालमा उपचार गरिएको जनाइएको छ ।
त्यस्तै गम्भीर घाइते भएका निर्गराज जैशी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचार भइरहेको नागरिक आन्दोलनले जनाएको छ ।
विभिन्न चरणका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिनेक्रममा सोमबार कमलपोखरीबाट मार्चपास गर्दै बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम थियो ।