- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सोमबार पनि अदालतको अवहेलनाको निवेदन पेश भएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको सुनुवाइमा बहस गर्ने वकिललाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेर ओलीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा निवेदन पेश गरेका हुन ।
ओलीले संविधान, कानुन र पदीय मर्यादा विपरित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतलाई अशिष्ट भाषा प्रयोग गरेको भन्दै प्रधानमन्त्रीलाई अवहेलनामा कारबाही चलाइ हदैसम्मको सजाय गरिपाउँ पनि निवेदन पेश भएको छ ।
हिजो वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन पेश गरेका थिए ।