arrow

पुराना वामपन्थी नेता ‘काजीबा’लाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रचण्ड

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
prachanda24.jpg

काठमाडौं । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । काजीबालाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार थिए । 

 कुँवर वि.सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए । उनको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उनका २ छोरा र ४ छोरी छन् ।

भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका कुँवरले कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए ।  २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएका उनी ०४३ सालको अन्त्य तिर गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए ।

उनी जीवन पर्यन्त नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका खम्बासिंहकी श्रीमती धीराको २०७४ साल निधन भइसकेको छ ।मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा श्रद्धाञ्जली वक्तव्य जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ