arrow

अमेरिकी राष्ट्रपति वाइडेनको सन्देश लिएर राजदूत बेरी शीतल निवासमा

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
jo_biden.jpg

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा जो वाइडेनले कार्यभार सम्हालेपछि नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वाइडेनको सन्देश सुनाएका छन् ।

आफ्नो देशमा नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरुको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरुसँग भेटघाट बढाएका राजदूत बेरीले राष्ट्रपति भडारीसँग लोकतन्त्रको सुदृढिकरणका र पुनस्थापनाका लागि काम गर्ने सवालमा छलफल गरेका छन् ।

भेटका क्रममा बेरीले नेपालमा महिला तथा बालबालिका उत्थानका लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको दूताबास स्रोतले जनाएको छ ।

सोमबार राजदूत बेरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

नव राष्ट्रपति वाइडेनले विदेश नीतिमा फेरबदल ल्याउने संकेत गरेपछि बेरीको सक्रियता बढेको अनुमान गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ