arrow

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा दुईवटा अपहेलनाका मुद्दा दर्ता

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
kpoli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेका दुईवटै अपहेलनाको मुद्दा सर्बोच्च अदालतमा दर्ता भएको छ ।

माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै पेस गरेको मुद्दा मंगलबार दर्ता भएको हो ।

मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अपहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ