arrow

काठमाडौंमा भारतीय ७२औं गणतन्त्र दिवस, पूर्व राष्ट्रपति यादवले शुभारम्भ गरे सम्पर्क भारत नेपाल डटकम

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
rambaran-yadav-binayamohan-.jpg

काठमाडौं। भारतको ७२ औं गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय राजदूतावासले दूतावास परिसरमै एक कार्यक्रम गरि मनाएको छ। गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको झण्डोत्तोलन गरेका थिए। उनले भारतका राष्ट्रपतिका तर्फबाट जारी शुभकामना सन्देश वाचन समेत गरेका थिए । 

राजदूत क्वात्राले वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३ करोड ६८ लाख रुपैयाँ तथा कम्मल वितरण गरी सम्मान गरेका थिए। सोहि अवसरमा राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको थियो। 

गणतन्त्र दिवसकै अवसरमा राजदूत क्वात्राले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी सो समारोहमा नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले ‘India-Nepal Alumni Network Sampark’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पुर्याएको योगदानलाई कदर गर्दै समारोहमा सम्मान गरिएको थियो।

समारोहमै भारतीय राजदूतावासद्वारा आयोजित ' Maitri Through My Lens’  फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ