arrow

मंगलबार कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो परीक्षण अवधिमा कोभिड-१९ को संक्रमण ३०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ५७४ को परीक्षण गर्दा ३०३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३० महिला र १७३ पुरुष रहेका छन् ।

मंगलबार देखिएका संक्रमितसँगै संक्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२  पुगेका छन् । काठमाडौँ उपत्यकामा १७२ जना संक्रमित फेला पारेका छन् । फेला परेकामध्ये महिला ७४ र पुरुष ९८ जना रहेका छन् ।

यस्तै संक्रमणबाट निको भएर मंगलबार २८५ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ६४ हजार ८२३ जना निको भएर घर फर्किएका छन् । निको हुने दर ९८.१ प्रतिशत रहेका छ । यस्तै कोभिड-१९ संक्रमितमध्ये ७४९ जना सघन उपचार कक्ष(आइसियु) र १३९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

आइसियुमा प्रदेश नं १ का १४ जना, प्रदेश-२ का एक जना, वागमती प्रदेशका ४११  जना, गण्डकी प्रदेशका २८ जना, लुम्बिनी प्रदेशका १९२ जना, कर्णाली प्रदेशका छ जना र सुदूरपश्चिम प्रदेशका ९७ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश-१ का चार जना, वाग्मती प्रदेशका ४४ जना, गण्डकी प्रदेशका ६२ जना, लुम्बिनी प्रदेशका २७ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷एक जना रहेका छन् ।

यसैगरी संक्रमणबाट मंगलबार एकै दिन छ जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या दुई हजार १७ पुगेको छ । नेपालमा प्रति १० लाखमा ६९ प्रतिशत संक्रमितको निधन हुने गरेको छ । यस्तै ५०० भन्दा बढी संक्रमित हुने काठमाडौँ जिल्ला मात्र रहेको छ । यस्तै संक्रमित शून्य हुने जिल्ला कालिकोट, रुकुम पश्चिम र मुगु रहेका छन् । यसैगरी संस्थागत आइसोलेशनमा दुई हजार ५०३ र १२२ जना क्यारेन्टिनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ