arrow

विभाजित नेकपाले चुनाव जित्न सक्दैन, कांग्रेसले मत बढाउँछ : बामदेव गौतम

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
bamdev1.jpg

काठमाडौं । विभाजनपूर्व नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष रहेका बामदेव गौतमले विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् ।

पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा बोल्दै गौतमले फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका हुन ।

अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै गौतमले भने, ‘अघिल्लो चुनावमा नेकपाको पक्षमा लहर आएको थियो, त्यसबेला नेकपाको जम्मा मत ४३ लाख थियो । कांग्रेसले ३० लाख ल्याएको हो । अहिले मत बढेको छ ।  विभाजित अवस्थामा हाम्रो पक्षमा लहर आउँदैन । दुईतर्फ भोट बाँडिन्छ । त्यसो हुँदा अर्को पार्टीले हामीलाई पछार्छ ।’

कांग्रेसले पहिल्यै ३० लाख मत ल्याएकाले अब झन बढाउने उनको गौतमको भनाइ थियो । उनले भने, पार्टी फुटेर जाँदा हार्ने निश्चित छ । एकता अभियानमा संयोजक गौतम आफैं छन् भने सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।



नयाँ