- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (बुधबार) पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
केही बेरअघि सुरु संवैधानिक इजलासमाथिको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरिरहेका छन ।
उनले संसद विघटन संविधान विपरित भएको भन्दै सोही प्रवृतिलाई अदालतले निरन्तरता नदिने र संविधान अनुसार नै अदालतले निणर्य लिनेमा आफू विश्वस्थ रहेको भनेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि सो निणर्यको बिरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएको छ ।
सो रिटमाथि प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा संवैधानिक इजलास गठन गरी सुनुवाइ भइरहेको छ । इजलासमा चार जना न्यायाधिश सहभागी छन ।