arrow

डोटीमा कोरोना विरुद्धको खोप लगाउन शुरु, पहिलो खोप स्वास्थ प्रमुखले लगाए

logo
प्रकाश बम,
प्रकाशित २०७७ माघ १४ बुधबार
doti-corona-vaccine.JPG

डोटी । डोटीमा कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ कार्यलय डोटीका प्रमुख रमेश मलासीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो ।

डोटीमा पहिलो चरणको खोपका लागि १ हजार ६ सय बीस डोज आइपुगेको स्वास्थ प्रमुख मलासिले हाम्राकुरालाई जानकारी दिए ।स्वास्थ प्रमुख मलासिले भने,'    खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको हो।  खोप सुरक्षित रहेको र यसले कुनै पनि असर नगर्ने भएकाले  ढुक्क भएर खोप लगाउन आग्रह गरे ।'

देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयारी छ । भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ