arrow

अनसनले थलिएपछि गंगामायालाई भेट्न गयो सरकारी टोली 

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
gangamaya3.jpg

काठमाडौं । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारीको अवस्थाबारे बुधबार जानकारी लिएको छ । 

सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

टोलीले उनलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए । 

टोलीमा काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो ।

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन् । अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले उनी उपचाररत छिन् ।

उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ