arrow

फेरि बढ्यो काठमाडौंको प्रदूषण, विश्वकै नवौं स्थानमा

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
kathmandu-valley-chandragiri-hills.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ । गत महिना काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि विस्तारै घटेको भए पनि बिहीबार बिहान फेरि बढेको छ । 

बिहीबार बिहान ९ः१९ बजेको काठमाडौंको एक्यूआई १८२ रहेको छ । काठमाडौं अहिले विश्वकै नवौं प्रदूषित शहर बनेको छ । 

कीर्गिस्तानको बिश्केक ४७३ एक्यूआईसहित पहिलो स्थानमा छ । पाकिस्तानको कराँची २५३ सहित दोस्रो, भारतको दिल्ली २४१ सहित तेस्रो तथा बंगलादेशको ढाका २३९ सहित चौथो स्थानमा छ । 

दक्षिण एसियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान र बंगलादेश सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ