arrow

निर्वाचनका लागि दल दर्ताको तयारी, नेकपाका दुवै पक्षलाई आयोगले बोलायो

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगले विभाजित बनेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुवै पक्षलाई शुक्रबार ११ बजे छलफलका लागि बोलाएको छ ।

निर्वाचन प्रयोजन र प्रक्रियाका लागि भन्दै दुवै पक्षका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले बोलाएको हो ।

दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाइए पनि प्रारम्भमा नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धमा छलफल हुने बताइएको छ ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोगले दल दर्ता प्रक्रिया सुरु गर्नु अघि दुवै पक्षलाई डाकेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा दुई पक्षमा विभाजित छ ।

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साथै बरिष्ठ नेता माधवकुमार नेपाल दुई समूह बनाएर क्रियाशिल छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ