arrow

संवैधानिक इजलासमा बहस

‘चार पूर्व प्रधानमन्त्रीले संसद विघटन गरेपछि त्यो व्यवस्था राखिएन'

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
Supreme-Court-judges.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई विहीबार पनि संवैधानिक इजलासमा जारी छ ।

विहीबारको सुनुवाइका क्रममा रिट निवेदकका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले चार पूर्व प्रधानमन्त्रीले विगतमा संसद विघटन गर्दा मुलुकले क्षति व्यहोरेपछि वर्तमान संविधानमा त्यो प्रावधान नै नराखिएको भन्दै संसद विघटनलाई असंवैधानिक कदम भनेका छन् ।

वरिष्ठ अधिवक्ता घिमिरेले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटनको घटनाको जगलाई आधार मानेर संविधानमा सो प्रावधान नै नराखिएको भन्दै बहस गरेका हुन् ।

‘तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको संसद विघटनको सिफारिसको जगमा यो संविधानमा विघटन गर्न पाउने प्रावधान राखिएन, अहिले गरिएको प्रतिनिधि सभा विघटन संविधान विपरित हो,’ वरिष्ठ अधिवक्ता घिमिरेले भने ।

उनले प्रतिनिसिध सभाका मुख्य व्यक्ति सभामुखलाई नै संसद विघटन हुँदै छ भन्ने जानकारी नहुनु समेत गलत भएको दाबी गरे । सरकारबाट सिफारिस भएपछिसमेत राष्ट्रपतिले कानुनविद्हरुसँग परामर्श नै नगरी विघटनको निणर्यलाई प्रमाणीकरण गर्ने काम गर्नु झनै संविधानको मर्म र भावना विपरित रहेको बहसका क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले भनेका छन् ।

उनले दुई दुई वटा संविधान सभाको मेहनतपछि बनेको संविधानलाई न बिर्सन सकिने, न केही पाए जस्तो महसुस गर्न सकिएको भन्दै गायिका अञ्जु पन्तको गीत समेत बहसकै क्रममा गुनगुनाए ।

‘दुई/दुई वटा संविधान सभाले बनाएको संविधानलाई न बिर्सन सकिन्छ, न संविधानबाट केही पाए जस्तो भयो, यो विघटनले अञ्जु पन्तको गीत 'नबिर्से तिमीलाई न,पाए तिमीलाई' भने जस्तै बनायो,’ वरिष्ठ अधिवक्ता घिमिरेले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ