arrow

माला एवं खादा लगाइदिने र फूल दिने काम बन्द गरौं : डा.कोइराला

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्वागत स्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न आग्रह गरेका छन् ।

विहीबार सामाजिक संजालमार्फत कोरोना भाइरसको जोखिम उच्च रहिरहेकाले माला र खादा बन्दै गर्दै अनिवार्य रुपमा मास्क लगाउन पनि अनुरोध गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन-‘हामी अझै नि कोभिड-१९ को उच्च जोखिममा छौं । जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरु गर्नुपर्ने अवस्था पनि छ ।

कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउनुको साथै स्वागत स्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरुमा विनम्र आग्रह गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ