arrow

गुणस्तरीय इन्टरनेटका लागि ३ अर्ब लगानीमा १४ शहरमा डेटा सेन्टर बनाउँदै वर्ल्डलिंक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १५ बिहिबार
Worldlink_Communications.png

काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले देशभरका विभिन्न १४ ठाउँमा डेटा सेन्टर बनाउँने भएको छ। इन्टनरनेट प्रयोगकर्तालाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि करिब ३ अर्ब रुपैयाँको लगानीमा ३ वर्षभित्र ती डेटा सेन्टर बनाउँने भएको हो। गुणस्तरीय इन्टरनेटका लागि सर्भरहरू जति नजिक हुन्छन् त्यति भरपर्दो र स्पिड हुन्छ। यसै कुरालाई मध्यनजर गर्दै वर्ल्डलिंकले आफ्ना सेवाग्राहीका लागि डेटा सेन्टर बनाउँन लागेको हो।

बिहीबार भर्चुअल पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले प्रत्येक प्रदेशमा हुने गरी १४ वटा डेटा सेन्टर निमार्ण गर्न लागेको घोषणा गरेको हो। यी डेटा सेन्टरले वर्ल्डलिंकको मात्र नभइ अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम सेवा प्रदायक एवं सरकारी, निजी संस्था र सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दूरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्नेछ।

वर्ल्डलिंकका चिफ टेक्निकल अफिसर समिर जानाले दुईदेखितीन वर्षभित्रमा यी डेटा सेन्टर बनिसक्ने बताएका छन्। सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले ३ अर्ब रुपैयाँ लगानीमा १४ डेटा सेन्टर बनाउनलागेका छौँ, २ देखि ३ वर्षभित्रमा यी सबै बनिसक्नेछन्।’

नेपालको इन्टरनेट भविष्यमालाई गुणस्तरीय बाटोमा लैजान डेटा सेन्टरले महत्वपूर्ण भुमिका खेल्ने वर्ल्डलिङ्कका सीईओ केशव नेपालले बताए। काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुने कम्पनीले जनाएको छ।

अन्य ठाउँमा निमार्ण हुने डेटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछन्। कम्पनीले काठमाडौंमा दुई, भरतपुर, लेखनाथ, बुटबल, हेटौडा, दुहबी, भक्तपुर, बिरगन्ज, ढल्केबर, कोहलपुर, अत्तरिया, सुर्खेत र भैरहवामा डेटा सेन्टर बनाउँने जनाएको छ।



नयाँ