arrow

लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
pm-kp-oli3.jpg

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले बिहिबार सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र  सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ ।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा बुधबार दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दामा जारी संवैधानिक इजलासमाथिको सुनुवाइमा सहभागी एक वकिललाई प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ लाई बहसमा सहभागी गराएर तमासा देखाएको भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ