arrow

बाँकेमा कोरोनाबाट सिनियर अनमी भारतीको मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
Corona-death-banke.jpg

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ। बाँकेको वैजनाथ गाउँपालिकामा कार्यरत ४७ वर्षीया भारतीको कोरोनाबाट आज बिहान मृत्यु भएको हो । 

अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन्  । उनमा १४ गते कोरोना पुष्टि भएको थियो ।भारतीको उपचारका क्रममा आज विहान ५:२७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । 

भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीकी श्रीमती हुन् । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ